Sat. Apr 20th, 2024

काठमाडाैं 
चलचित्र निर्माता संघले आफ्ना संघका उपाध्यक्ष गोविन्द शाहीलाई पदबाट बर्खास्त गर्ने गरेको निर्णयप्रति गोविन्द शाहीले भर्सना गरेका छन् । चलचित्र निर्माता संघको कार्यसमिती बैठकले उनलाई कुनै सुचना नै नदिइकन पदबाट बर्खास्त गर्ने निर्णय एकलाैटी भएको भन्दै घोर अापत्ति जनाएका हुन् ।
यो निर्णय पश्चात् अाज भएको भेटवार्तामा शाहीले भने ” अाफु अागामी चलचित्र लभ स्टेशनको सुटिङको क्रममा व्यस्त भएको र संघले अाफ्नो क्षेत्रको कामको मर्मलार्इ पनि बुझ्न सकेन । ”
चलचित्र निर्माता संघको वैठकमा उपस्थित नभएको, संघ संस्थामा बसेर निर्मातासँग नै लफडा गरेको उजुरी परेपछि संस्थाको विधान अनुसार बर्खास्त गर्ने निर्णय गरिएको श्रोतले बताएको छ । तर शाही भने संस्थाले एकलाैटि निर्णय गरेर एक प्रतिष्ठित व्यक्तिको व्यक्तित्वप्रति दाग लगाउने काम गरेको बताएका छन् ।
कुराकानीका क्रममा उनले भने ” हुँदै नभएका अाक्षेप लगाएर एक चलचित्र व्यवसायीको प्रतिष्ठामा धब्बा लगाउने जाल रचिएको छ । यसले संस्थाप्रतिको विश्वासमा पनि शंका गर्ने वातावरण सिर्जना भएको छ । ”
चलचित्र निर्माता संघले ‘लिलिबिली’को बिषयमा उजुरी परेपनि त्यो अझै नसल्टिएको बताएको छ तर निर्माता शाहीले भने मिलन चाम्स र सुदिप खड्कासँग २१ लाख अाँफुले लिनुपर्नेको हिसाब किताबको विवरण निर्माता संघमा पेश गरिसकेको बताएका छन् ।
अाज भएको निर्णयलार्इ इंगित गर्दै निर्माता शाहीले भने ” एकलाैटि रूपमा भएको यो निर्णयमा हेरफेर हुनै पर्दछ , मेरो मान हानी हुने काम भएकाले संस्थाले यसको उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेछ । यदि संघ एकलाैटि निर्णमा नै अडिग रहन्छ भने हामी कानुनी उपचारका लागि विवश हुनेछाैँ । “

Leave a Reply

%d bloggers like this: