Thu. Apr 25th, 2024

काठमाडाैं ।
गत बर्षको चैत्रमा रिलिज भएको चलचित्र ‘लिलिबिली’ युट्युबमा सार्वजनिक भएको छ । अभिनेता प्रदीप खड्का र नव नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको चलचित्र बिहिबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
व्यवसायिक हिसावमा उत्कृष्ट व्यापार गरेको लिलिबिलीलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदीप र जसितासँगै प्रियंका कार्की , अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।
फिल्मको युट्युब लिंकलार्इ नायक प्रदिप खड्काले पनि फेसबुकमा शेयर गरेका छन् । लिलि बिलिले सार्वजनिक भएको केहि घण्टामा नै करिब ५० हजार भ्युज पाउन सफल भएको थियो ।

Leave a Reply

%d bloggers like this: