Fri. Mar 29th, 2024

काठमाडाै‌ ।
हिजो आज एउटै गीतले बजार पिटेको छ त्यो हो कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको ‘सालको पातको टपरी हे बराई …..’गीत । यसै गीतको भिडियोमा अभिनय गरेकी नायिका मरिस्का पोखरेललाई अचेल भ्याई नभ्याई छ । फिल्मले दिन नसकेको चर्चा एकै गीतले दिलाएको छ ।के म तिम्रो होइन ?, लम्फूु, पण्डित बाजेको लौरीु, मिस्टर भर्जिन, साली कस्को भेनाको लगायत फिल्म प्रदर्शनमा आइसकेका छन् तर उनले अभिनय गरेका यि कुनै फिल्म हिट हुन सकेनन् र उनी आझेलमै थिइन् ।
आधा दर्जन बढि फिल्ममा काम गरेर पनि आफूलाई अभिनेत्रीको रुपमा चिनाउन नसकिरहेको अवस्थामा उनलाई अहिले १४ मिनेट २३ सेकेण्डको एक लोक दोहोरी भिडियोले निकै चर्चा दिलाएको छ । हाल ‘सालको पातको टपरी…’ गीतले करोड क्लब कटाइसकेको छ र यसको रफ्तार अझै बढ्दो छ ।
भिडियोमा मरिश्कालाई गायक कुलेन्द्र र बसन्त थापाले साथ दिएका छन् । ६८ हजार लाइक्स मिलेको भिडियोमा ५ हजार बढी कमेन्ट गरिएको छ । धेरै जसो कमेन्टमा मरिश्काको अभिनय तथा उनको शुन्दरताको तारिफ गरिएको छ । यस गीत पछि अब उनको करियरले नयाँ मोड लिने चलचित्र बृत्तमा चलेको छ ।
अहिलेसम्म अभिनयले दिलाउन नसकेको चर्चाले फुरुङ्ग मरिस्काको यतिखेर देश विदेशका सांस्कृतिक कार्यक्रमहरुमा माग बढेको छ र यसै शिलशिलामा हाल उनी बेलायत पुगेकी छिन् ।

Leave a Reply

%d bloggers like this: