Fri. Mar 29th, 2024

काठमाडाैं । 
पत्रकार सुशील पौडेलको कथा रहेको फिल्म ” प्रसाद ”  अाजबाट नेपाली सिनेमा हलहरूमा प्रदर्शन भएको छ ।  हिजो भएको प्रिमियर शोमा   फिल्मले पृथक कथावस्तुलार्इ पृथक शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको निर्माण पक्षले बताएको थियो ।  फरक कथाको उठान गर्नु चुनौती भए पनि फिल्म राम्रो बनेको प्रतिक्रिया अधिकाङ्शको थियो । फिल्मलार्इ दिनेश राउतले निर्देशन तथा सुभास थापाले निर्माण गरेका हुन् ।
फिल्ममा अभिनेता विपिन कार्की, निस्चल बस्नेत र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको छ । निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्ममा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसालको संगीत, शिव बिकको कोरियोग्राफी, हिमाल केसीको द्वन्द रहेको छ ।
केहि महिना अगाडि बाहिर अाएको यसै फिल्मको गीत ” लै लै ” निकै लोकप्रियता कमाउन सफल भएको छ ।

Leave a Reply

%d bloggers like this: