Thu. Mar 28th, 2024

काठमाडाैँ । 
अभिनेता सरोज खनालले ‘माला आर्टस् एकाडेमी’ संचालनमा ल्याएका छन् । काठमाडौँस्थित दरबारमार्गमा संचालनमा आएको एकेडेमीले फिल्म क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रबन्ध निर्देशक समेत रहेका अभिनेता खनालको भनाई रहेको छ ।
नेपाली फिल्मकर्मीको उपस्थितिमाझ शनिबार एकाडेमीमा औपचारिक उद्घाटन गरिएको हो । नयाँ पुस्तालाई आफ्नो क्षेत्रमा पोख्त बनाउन एकाडेमी स्थापना गरेको खनालको भनाई छ । एकाडेमी उद्घाटन कार्यक्रममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सुनिल थापा लगायत उपस्थित थिए । एकेडेमीका अध्यक्ष चन्द्रमाला शर्मा रहेका छन् ।

Leave a Reply

%d bloggers like this: