Thu. Apr 25th, 2024

काठमाडौं– अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् ।
नयाँ चलचित्रका लागि शुक्रबार प्रदीप र साम्राज्ञी अनुबन्धित भएका हुन् । चाँडै नाम घोषणा गरिने यो चलचित्र हेमराज बिसीको निर्देशनमा तयार हुने छ । यो चलचित्र बिसीले नै लेखेका हुन् ।
यो चलचित्रलाई ह्याप्पी प्लानेट र काफिया फिम्स्ले निर्माण गर्ने भएको छ । यो चलचित्रलाई आगामी जेठ-असारसम्म छायाँकन गरिसक्ने प्रस्तुतकर्ता गोविन्द शाहीले बताए । उनका अनुसार यो चलचित्रको जर्मन, फ्रान्स, स्विजरल्यान्ड, बेल्जियम र इटालीमा छायाँकन गरिने छ । चलचित्रको लागत चार करोड रुपैयाँ लाग्ने पनि शाहीले बताएका छन् ।
चलचित्रलाई ह्याप्पी प्लानेटका तर्फबाट रेणु राणा, दीपक खतिवडा, रुपक थापा, अमन कुमार भण्डारी, काफिया फिल्मस्को तर्फबाट काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गर्न लागेका हुन् ।

Leave a Reply

%d bloggers like this: