Thu. Apr 25th, 2024

काठमाडौँ ।
नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र लोकसंस्कृतिलाई संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले एनटिभी प्लसले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले बताए ।
प्रत्येक हप्ताको सोमबार साँझ ७ः३० बजे प्रसारण हुने उक्त कार्यक्रम वरिष्ठ गायक बद्री पङ्गेनलीले सञ्चालन गर्ने जनाइएकाे छ । सो कार्यक्रममा मुलुकभर छरिएर रहेका लोकदोहोरी गायक गायिकाको सहभागिता रहनेछ ।
उक्त कार्यक्रमको छायाङ्कनस्थलका लागि एनटिभी प्लस र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)बीच शुक्रबार सम्झौतासमेत भएको छ । कार्यक्रममा एनटिभी प्लसका प्रमुख मनोहरि थापाले करीब २५ वर्षअघि नेपाल टेलिभिजनले लोकदोहोरी कार्यक्रम शुरु गरेको बताए ।

Leave a Reply

%d bloggers like this: