Sat. Apr 20th, 2024

काठमाडौं।
पछिल्लो समय आयोजना हुने विभिन्न सौन्दर्य प्रतियोगिताहरु भन्दा पृथक किसिमको ‘कर्पोरेट क्वीन २०१८’ हुने भएको छ। आयोजक एसएप इन्टरटेन्टमेन्ट र इभेन्ट म्यानेजर आइडिया पिक्सलले काठमाडौंमा सोमबार सयुक्त पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रमको जानकारी दिएको हो ।
कार्यक्रमको अडिसन यहि नोभेम्बर १६ र १७ आगामी शुक्रबार र शनिबार काठमाडौ र नोभेम्बर १९ र २० मा पोखरामा हुने र आयोजकले जानकारी दिएका हुन । काठमाडौंको लागि अडिसन फरेन हाइट क्लब ठमेल र पोखराको लागी एसएप एजुकेशनको अफिस न्युरोडमा हुने छ ।
अडिसनपछि छनौटमा परेका करिब ३० जना सहभागीहरुलाई १ हप्ता सम्म बन्द प्रशिक्षणमा राखेर कर्पोरेट कल्चलसहित मुख्य ४ विधा ‘एथिक्स, डिजाइनर, कर्पोरेट, क्याजुवल’ मा प्रशिक्षण दिइने र यस्तो ग्रुमिंग खालको ट्रेनिंङबाट प्रतियोगीहरुमा कर्पोरेट सोसल रेस्पोसीबिलिटीको धारणा अन्तर्गत सामाजिक रुपान्तरण गराउने हुदा अरु सौन्दर्य प्रतियोगिताहरु भन्दा फरक भएको आयोजकको दाबी छ ।
बन्द प्रशिक्षण पोखरा र काठमाडौमागरी नोभेम्बर २३ देखि डिसेम्बर ७ सम्म हुनेछ, भने यसमा कर्पोरेटदेखि विभिन्न तहका ब्यक्त्तिव हरुले प्रशिक्षण दिनेछन् ।
कार्यक्रमको फाइनल डिसेम्बर ८ अर्थात् मङ्सिर २२ गते रोयल पाल्म रिसोर्ट चाउथे पोखरामा हुने र बिजेताले रु ७५ हजार फस्ट रनरअपले रु ५० हजार र सेकेण्ड रनरअपले रु २५ हजार पुरस्कार पाउने र बिजेताले अर्को साल अस्ट्रेलियामा हुने ुुसिड्नी फेशननिष्टा १०१९ुु माुु सहभागी हुन पाउने पनि आयोजक एसएप इन्टरटेन्टमेन्टका प्रमुख सन्तोष अधिकारीले जानकरी दिए ।

Leave a Reply

%d bloggers like this: