Thu. Mar 28th, 2024

मुम्बाई ।
बलिउडका ६ वर्षदेखि प्रेम सम्बन्धलाई समहाल्दै आएका नायक दीपिका पादुकोण र नायक रणवीर सिंह विवाह गर्दैछन् । उनीहरुले १४ नोवेम्वरमा इटलीको ‘काष्टा दिभा रिसोर्ट एण्ड स्पा’मा विवाह गर्दैछन् ।
उनीहरुको विवाहमा नजिकका साथी र आफन्त मात्र उपस्थित रहेको भारतीय मिडियाले जनाएको छ । पादुकोण र सिंहले दुई रितिरिवाज अनुसार दीपिका र रणवीरले एक अर्कालाई औँठी लगाइदिएको खबर इटालीबाट प्राप्त भएको दैनिक जागरणले जनाएको छ।
आज कोंकणी संस्कृति अनुसार विहे हुनेछ भने भोली सिन्धी रिवाज अनुसार विहे हुनेछ । ‘दीपवीर’को संगीत सेरेमोनीमा बलिउडका प्रसिद्ध गायक हर्षदीप कौरले सांगीतिक प्रस्तुती दिएका थिए । उनीहरुकोविवाहमा जाने पाहुनाले मोबाइल फोन समेत लैजान नपाउने रहेको जानकारी मिडियाले दिएको छ।
दीपिका र रणवीरकाे विवाहका तस्बिरहरुलाई गोप्य राख्नको लागि सुरक्षा व्यवस्था कडा बनाएका छन् ।

Leave a Reply

%d bloggers like this: