Wed. Apr 24th, 2024

काठमाडाैँ ।
वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सृजना गरिएकाे नेपाली कलाकारहरुकाे सामूहिक स्वरमा सुसज्जित गीतले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा स्थान पाएकाे छ । संसारमै पहिलोपटक राष्ट्रकवि माधव घिमिरेसहित ३६५ जना नेपाली कलाकारको स्वरमा रेकर्ड भएको वातावरणसम्बन्धी उक्त गीत गिनिज बुकमा दर्ता भएको हाे ।
‘जोगाऔं माटो जल जमिन जंगल, यहि हो हाम्रो धन नयाँ नेपालको सङ्कल्प…’ बाेलकाे उक्त गीत गिनिज बुकमा दर्ता भएको हाे ! ३६५ गायक गायिकाद्वारा गाइएको वातावरणसम्बन्धी चेतनामूलक गीतकाे ‘मेलनकोली’ नामाकरण गरिएकाे छ । साे गीत २०७४ भदौं १७ गते राष्ट्रपति विद्यादेवी भण्डारी, वर्तमान प्रधानमन्त्री केपी शर्मा अाेली, राष्ट्रकवि माधवप्रसाद घिमिरे लगायतद्वारा सार्वजनिक गरिएको थियाे । ०७३ जेठ ६ गते सिंहदरबारस्थित रेडियो नेपालमा साे रेकर्डिङ कार्यक्रमकाे उद्घाटन गरिएको थियाे ।
उक्त सामूहिक स्वरमा सजिएकाे गीतका सम्पूर्ण कलाकारलाई ०७५ असोज २५ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र वरिष्ठ गायक प्रेमध्वज प्रधानको उपस्थितिमा अभिनन्दन पनि गरिएको थियो । सम्पूर्ण कलाकारलाई गिनिज वर्ल्ड रेकर्डको प्रमाणपत्र समेत प्रदान गरिएको छ ।
वातावरण संरक्षणको विषय उठान गरी तयार पारिएको गीतमा शब्द तथा सङ्गीत निपेश ढकालको रहेको छ । एउटै गीतमा ३६५ गायकगायिकाले स्वराङ्कन गरेको याे विश्वमै पहिलो गीत भएको दाबी गर्दै वातावरणविद् समेत रहेका गीतकार ढकालले गीतलाई गिनिज बुक अफ वर्ल्डमा दर्ताका लागि अघि बढाइएकाे र अन्तत: सफल पनि भएकाे खुसीमिश्रित प्रतिक्रिया दिए ।

Leave a Reply

%d bloggers like this: