Fri. Mar 29th, 2024

काठमाडाैं ।
फिल्म ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ गीतले यूट्युबमा १ करोड ५० लाख भन्दा बढी भ्युज पाएको अवसरमा निर्माण यूनिटले केक काट्दै फिल्मका संगीतकार तथा गीतकारलाई सम्मान गरेको छ । संगीतकार राजनराज सिवाकोटीसंगै गीतकार हरिहर तिमिल्सिनालाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
निर्मातद्वय सर्मिला पाण्डे र माधव वाग्लेले संगीतकार राजनराज सिवाकोटीलाई पचास हजारको चेक हस्तान्तरण गरे । प्राप्त पचास हजारबाट गीतकार हरिहर तिमल्सिनालाई पाँच प्रतिशत दिने संगीतकार सिवाकोटीले बताए । गीतमा संगीतकार सिवाकोटीसँगै गायिका मेलिना राई र बाल गायक ग्रिष्मा सिवाकोटीको स्वर रहेको छ ।
कात्तिक १६ गते शुक्रवार देखि प्रदर्शनमा आउन लागेको यस फिल्ममा प्रियंका कार्की, सुरक्षा पन्त, परमिता आरएल राणा, आयुष्मान देशराज, सन्दिप क्षेत्री, रविन्द्र झा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । दिपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’मा कथा प्रदीप भारद्वाजको रहेको छ ।

Leave a Reply

%d bloggers like this: