Fri. Apr 19th, 2024

काठमाडाैं ।
फ्रान्सेली लिग वन अन्तर्गत शनिबार एएस मोनाको स्ट्रास्बर्गको घरेलु मैदानमा २-१ ले पराजित भएको छ । मोनाकोका लागि नवनियुक्त प्रशिक्षक थिएरी हेनरीको पहिलो खेल थियो ।
हेनरीको टोली मोनाको खेलको १७ औं मिनेटमा नै पछाडी पारेको थियो । गोलरक्षक सेडु सेले एड्रिएन थोमास्सोनको हेडरलाई सम्हाल्न नसक्दा घरेलु टोलीले अग्रता लिएको थियो । पहिलो हाफमा मोनाकोले केहि अवसर सिर्जना गरेपनि गोल निकाल्न भने असफल रहयो । मोनाकोले बलमा पकडसँगै पोस्टमा तुलनात्मक रुपमा पोस्टमा बढी प्रहार गरेको थियो ।
दोस्रो हाफमा मोनाको थप समस्यामा पर्यो । स्यामुएल ग्रान्डसरले डरलाग्दो ट्याकल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए । स्ट्रासबर्गका लागि वैकल्पिक खेलाडी लेबो मोठ्बियाले ८४ औं मिनेटमा दोस्रो गोल गरे । युरी टिलेमन्सले इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गर्दै मोनाकोका लागि स्नात्वाना गोल गरे ।
लिग तालिकामा मोनाको पुछारबाट दोस्रो स्थानमा छ । मोनाकोले पछिल्लो ११ खेलमा जित दर्ता गर्न सकेको छैन । मोनाकोले ११ अक्टोबरमा लिओनार्डो जार्डिमलाई बर्खास्त गरेको थियो । मोनाकोले अब च्याम्पियन्स लिगमा बुधबार क्लब ब्रुजको सामना गर्नेछ ।

Leave a Reply

%d bloggers like this: