Fri. Apr 19th, 2024

काठमाडौं : दार्जिलिङमा सुटिङको काम धमाधम भइरहेको फिल्म ” लभ स्टेशन ” शत प्रतिशत दार्जिलिङमा सुटिङ हुने पहिलो नेपाली चलचित्र हुने निर्माता गोविन्द शाहीले बताएका छन् ।
लोकप्रिय अभिनेता प्रदीप खड्का र नायिका जसिता गुरुङ अभिनीत नयाँ चलचित्र ‘लभ स्टेशन’को अहिले दार्जिलिङमा धमाधम छायाँकन भैरहेको छ । असोज ११ गतेबाट छायाङ्कन सुरु भएको चलचित्रको आधा सुटिङ सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्रका निर्माता तथा वितरक गोविन्द शाहीका अनुसार चलचित्रको दुई वटा गीत र ५० प्रतिशत छायाङ्कन सकिसकेको र तिहार सम्म सम्पूर्ण छायाङ्कन सकिने बताए । उनले भने, ‘हामीले दशै पनि सुटिङ स्पटमै मनाउनेछौं, धमाधम छायाँकन भैरहेको छ ।’
लिलीबिलीबाट प्रदीप र जसिताको जोडीलाई दर्शकले रुचाएका थिए । यो जोडी उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका लभ स्टेशनबाट पुन आँउदैछन् ।

अभिनेता प्रदिप खड्काले यो चलचित्र आफ्नो करिअरकै सवैभन्दा राम्रो चलचित्र हुने अपेक्षा राखेको बताए । उनले भने, ‘हुन त यो प्रेम कथा हो, तर प्रेमभित्रको प्रेमलाई निकै भिन्न शैल्रीमा दर्शकले हेर्न पाउनुहुनेछ ।’
चलचित्रमा प्रदीप र जसिताको अलावा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रलाई गोविन्द शाही र नायक प्रदीप खड्काले मिलेर बनाएका हुन् । दार्जिलिङ, कालिङपोङ हुदैँ सिक्किम, फिक्कल लगायतका स्थानमा चलचित्रको छायाङ्कन हुनेछ ।

Leave a Reply

%d bloggers like this: