Thu. Apr 25th, 2024

काठमाडाैं ।
फिल्म ‘छक्का पन्जा ३’ ले बम्पर ओपनिङ गरेको छ । दशैँलाई लक्षित गर्दै घटस्थापनाको दिन अर्थात् आजबाट प्रदर्शनमा आएको फिल्मले बिहानी शोमा नै हाउसफुलको ब्यापार गर्न सफल छ । राजधानी र मोफसलमा गरेर २०० पर्दामा लागेको यस फिल्मले बिहानी शोमा नै बम्पर व्यापार गरेको वितरक मनोज राठीले बताए ।
अहिले फिल्म युनिट दर्शकसँग साक्षत्कार गर्न हल हलमा पुगिरहेका छन् । बिहानी शोका दर्शक सँग साक्षत्कार गर्न गोपी कृष्ण पुगेका निर्मता तथा कलाकार दीपकराज गिरीले भने, ‘यहाँ दर्शकको साथ उत्साहजनक छ । दर्शकको उपस्थितीले खुसी तुल्याएको छ ।’
दीपाश्री निरौलाले निर्देशित ‘छक्का पन्जा ३’मा दीपकराज गिरी, दीपिका प्रसाईं, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, संजोग कोइराला, शिवहरी पौडेल लगायतको अभिनय रहेको छ ।
जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको फिल्ममा सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

%d bloggers like this: