Wed. Apr 24th, 2024

काठमाडाैं ।
घटस्थापनाको दिन प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’को फरक शैलीको गीत सार्वजनिक भएको छ । चलचित्रको प्रचार प्रसारलाई तीव्र बनाउनको लागी निर्माण टिमले नयाँ गीत रिलिज गरेका हो । गीतमा चलचित्रका कलाकारहरू दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे र जितु नेपालले र्याप हानेका छन् । गीतमा र्यापको मार्फत चलचित्रको बारेमा जानकारी दिन खोजिएको छ । गीतमा डविड शंकरको स्वर रहेको छ ।
दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा ३ मा दीपकराज, दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, शिवहरी पौडेल, बुद्धि तामाङ, संजोग कोइराला, लक्ष्मी गिरी लगायत कलाकारहरूको अभिनय छ । छक्का पञ्जा ३ असोज २४ गते घटस्थापनादेखि देशभर लाग्दैछ ।

Leave a Reply

%d bloggers like this: