Thu. Apr 18th, 2024

काठमाडाैं ।
नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको जोडी फेरि एकपटक पर्दामा देखिने  फिल्म “लभ स्टेशन”ले दार्जिलिङमा समेत चर्चा कमाउन थालेको छ ।  गत हप्ताबाट दार्जिलिङमा गएको फिल्म युनिटले पत्रिकाका पृष्ठहरूमा स्थान पाउन सफल भएको हो ।
यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रको अहिले धमाधम काम भइरहेको छ ।

चलचित्रलाई फागुनको २४ गते रिलिज गर्ने समेत तयारी गरिएको छ । चलचित्र पूर्ण रुपमा लभ स्टोरी कथामा बन्नेछ ।
चलचित्रमा नायिकाको भूमिका लिलि बिलिकै नायिका जसिता गुरूङले निभाउने भएकी छिन् । निर्माता गोविन्द शाहीका अनुसार यो फिल्म पूर्ण रुपमा कमेडी, पारिवारिक र लभ स्टोरी कथामा बन्नेछ ।
चलचित्रलाई नेपालका रमणिय स्थानका साथै दार्जिलिङ , कालिङपोङ , फिक्कल र सिक्किमा छायाङ्कन गरिने बताएका छन् । त्यसै गरी फिल्ममा रहने गीत अमेरिका र युरोपका विभिन्न स्थानमा छायांकन गरिने गोविन्द शाहीले बताए ।

Leave a Reply

%d bloggers like this: