Tue. Apr 23rd, 2024

काठमाडौं ।
आगामी ५ असोजबाट देशव्यापी प्रदर्शनको घोषणासहित चलचित्र ‘बाँध मायाले’को शीर्ष गीतको भिडियो रिलिज गरिएको छ । राजधानीमा बुधबार पत्रकार भेटघाट आयोजना गर्दै निर्माण पक्षले यो गीतको भिडियो रिलिज गरेको हो । अर्जुन पोखरेलको संगीत रहेको यो गीतको शब्द पनि पोखरेलकै हो । यो गीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वर छ ।
यो गीतको भिडियोमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ रोमाञ्चकारी मुडमा छन् । यसअघि गाजलु र रोमियो एन्ड मुनाजस्ता चलचित्रमा अभिनय गरिसकेकी पूर्वमिस नेपाल सृष्टिको यो तेस्रो चलचित्र हो । भिडियोको नृत्य निर्देशन कविराज गहतराजले गरेका हुन् ।
यो चलचित्रको निर्देशन सविर श्रेष्ठले गरेका हुन् । आफ्नो चलचित्रमा प्रेमकथामा आधारित रहेको उनले पत्रकार भेटघाटका क्रममा जानकारी गराए । संगीतकार पोखरेलले यो गीत आफूले माधुर्य बनाएको जिकिर गर्दै यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
रामहरी धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको यो चलचित्रमा महेन्द्र अधिकारी र केदार धिताल सहनिर्माताका रूपमा छन् । चलचित्रका छायाकार बाबु श्रेष्ठ हुन् । बाँध मायालेमा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रवीन्द्रप्रताप सेन, विशाल चाम्लिङको अभिनय रहेको छ । यही चलचित्रबाट कलाकार किशोर खड्काले डेब्यु गर्दै छन् ।

Leave a Reply

%d bloggers like this: