Sat. Apr 20th, 2024

काठमाडाैं।
कुनै समय भारतीय टेलिभिजनमा मेगा टेलिसिरियल ‘कसौटी जिन्दगीकी’ ले एकछत्र राज गरेकाे थियाे । याे सिरियलले भारतमा मात्र नभएर नेपालमा पनि निकै नै लाेकप्रियता हासिल गरेकाे थियाे ।
खासगरी याे सिरियल गृहणी महिलाहरुमाझ अत्यधिक लोकप्रिय बनेको थियो ।
निर्मात्री एकता कपुर अहिले ‘कसौटी जिन्दगीकी २’ को निर्माणमा जुटेकी छन् । यसकाे सुटिङ पनि सुरू भइसकेकाे खबर अाएकाे छ । सिक्वेललार्इ पनि पहिलेकै जस्तो चर्चित बनाउन एकता लागि परेकी छिन् ।
यसै सिलसिलामा एकताले बलिउड किङ्ग खान शाहरुख खानलाई समेत इन्ट्री गराउन सफल भएकी छन् । भारतीय संचारमाध्यमकाे समाचार अनुसार शाहरुखले सिरियलको सूत्रधारको रुपमा अभिनय गर्नेछन् । उनले सिरियलका पात्रहरु दर्शकलाई चिनाउनेछन् । उनलाई अघिल्ला तीन एपिसोडमा देख्न सकिनेछ ।
‘कसौटी जिन्दगीकी’ मा प्रमुख तीन पात्र प्रेरणा, अनुराग बशु र मिस्टर बजाज थिए भने यसपाली तीनवटै भूमिकामा नयाँ अनुहार देख्न सकिने छ । प्रेरणाको भूमिकामा एरिका फर्नान्डिसले अभिनय गर्दैछिन् भने अनुरागको भूमिकामा पार्थ समथान देखिने भएका छन् ।

Leave a Reply

%d bloggers like this: