Thu. Mar 28th, 2024

काठमाडाैं । 
वुधवार चावहिलको केएल टावरमा रहेको एफक्यूवमा प्रिमियर गरिएको फिल्म ‘पण्डित बाजेको लौरी’ ले राम्रो प्रतिक्रिया प्राप्त गरेको छ । फिल्मका निर्देशक, निर्माता र कलाकारसँगै चलचित्रकर्मी र पत्रकारले सँगै बसेर फिल्म हेरेका थिए ।
रिलिजको पूर्वसन्ध्यामा गरिएको प्रिमियरमा अधिकांशले फिल्मको तारिफ गरेका छन् । निर्देशक दीपक ओलीको निर्देशकिय पाटोको प्रशंसा हुँदा अभिनेत्री सन्ध्या केसीको अभिनयको पनि तारिफ भएको थियो ।
कम्लहरी पृष्ठभूमिबाट राजनीतिमा आएकी शान्ता चौधरी, सञ्चारकर्मी रवि लामिछाने, अभिनेता नाजिर हुसेनलगायतका व्यक्तिहरुले फिल्मले उठाएको गहन विषयले भावुक बनाएको बताए । ‘पण्डित बाजेको लौरी’ मा तल्लो जात भनेर हेपिने बदिनी र समाजमा ठूलो जात भनिने पण्डितबीचको सम्बन्धलाई देखाउन खोजिएको छ ।
अधृत फिल्मस् प्रालीको ब्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।
‘पण्डित बाजेको लौरी’ मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर गिरीको छायांकन, मित्र डि. गुरुङको सम्पादन, विक्रम स्वाँररदीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लरअमित श्रेष्ठको संगीत छ ।
एउटा सानो गाउँमा पण्डित्याईको भिन्न-भिन्न काम गर्ने पण्डितहरुको कथामा बनेको फिल्मले समाजका गहकिला समस्या र घटनालाई उठाएको छ । शुक्रवारबाट फिल्म देशभरीका हलमा लाग्दैछ ।

Leave a Reply

%d bloggers like this: