Fri. Mar 29th, 2024

काठमाडाैं ।
फिल्म वितरक तथा निर्माता गाेविन्द शाहीले क्यान्सर पिडित बालक रिदम रेग्मीलाई आर्थिक सहयोग गरेका छन् । बिगत १ वर्षदेखि मृगौला क्यान्सरबाट पिडित  झापा दमकका सुरेन्द्र रेग्मी र मेनुका रेग्मीका छोरा दिमलाई शाहीले नगद रु २५ हजार ५ सय सहयोग गरका हुन् ।
आइतबार कान्ति बाल अस्पताल पुगेर बितरक तथा निर्माता शाहीले रकम हस्तान्तरण गरेका हुन् । साथै उनले सबैमा क्यान्सर पिडित रिदमको सहयोगको लागि अपिल समेत गरेका छन् । उनि भन्छन् ‘सबैले थोरै थोरै भएपनि सहयोग गर्दा राहत हुन्छ ।’
गत वर्ष शाहीले निर्माण गरेको फिल्म ‘लिलिबिली’ सुपरहिट भएको थियो । यतिखेर गाेविन्द शाही फिल्म ‘लभ स्टेशन’ निर्माण को तयारीमा व्यस्त छन् ।

Leave a Reply

%d bloggers like this: