Thu. Apr 25th, 2024

काठमाडाैं । 
नेपाली चलचित्र राेजीकाे टाेली हिजाे टर्की पुगेकाे छ । फिल्मकाे केही सिनकाे छायांकनकाे लागी सुटिङ युनिट सहित टाेली टर्की  पुगेकाे हाे ।
चलचित्र निर्माण पक्षले जनाए अनुसार राेजीकाे टाेली टर्कीमा केहि दिन रहनेछ । फिल्मकाे केहि भाग र गितकाे सुटिङ सकेर टाेली नेपाल फर्किनेछ ।
चलचित्रकाे रिलिज डेट तय भइसकेकाले टाेली यति बेला सुटिङमै व्यस्त रहेकाे बताइएकाे छ । चलचित्र मा नायककाे भूमिकामा प्रदिप खड्का रहेका छन् ।
फिल्ममा प्रदीप र परमितासँगैं मिरुना मगर, कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्मको सुटिङ बालाजुको एनएफडिसी हलबाट सुरु भएको हो । फिल्मलाई निरक पौडेलले निर्देशन गरिरहेका छन् ।
गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्तामा उद्धव पौडेल रहेका छन् । आयरा पौडेल र आरोही केसीको निर्माण रहने ‘रोजी’ लाई राजु विक्रम थापाले खिच्नेछन् । केदार भुषालको कथामा तयार हुन लागेको फिल्मको सम्पादन मित्र डि गुरुङले गर्नेछन् । अर्जुन पोखरेलको संगीत रहने यसफिल्ममा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहनेछ ।
फिल्मकाे रिलिज मिति अागामी भदाै २२ लार्इ तय गरिएकाे छ ।
 
 

Leave a Reply

%d bloggers like this: