Thu. Apr 25th, 2024

काठमाडाैं ।
अक्षय कुमार र मौनी रायको फिल्म ‘गोल्ड’को नयाँ गीत ‘चढ् गई है’ रिलिज भएको छ । फिल्मको सार्वजनिक गीतमा अभिनेता अक्षय कुमार एक पार्टीमा पिएर मस्त मुडमा देखिएका छन् ।
अभिनेता अक्षयले यो गीतको भिडियोलाई आफ्नो भेरिफाइड ट्वीटर आकाउन्टमा सेयर गरेका छन्, भने जी म्युजिकको आधिकारिक युट्युव च्यानलमा अपलोड गरिएको छ । यो गीतको भिडियोलाई केही घण्टामै एक लाख भन्दा बढीले हेरिसेकका छन् ।
यो भन्दा पहिले फिल्मको रिलिज्ड गीत ‘नैनो ने बाँधी’मा अक्षय काफी रोमान्टिक मुडमा देखिएका थिए, भने भर्खरै रिलिज गरिएको भिडियोमा उनले निकै मज्जा लिइरहेका दृश्यलाई प्रस्तुत गरिएको छ ।
यो गीतलाई वायुले लेखेका हुन्, भने विशाल ददलानी र सचिन जिगरेले स्वरबद्ध गरेका छन् । वास्तविक घटनामा आधारित अक्षय कुमारको यो ‘गोल्ड’ फिल्म १९४८ को कहानीमा बनाइएको हो ।
फिल्मलाई रीमा कागतीले गरेका हुन् । यो फिल्म जोन अब्राहमको फिल्म ‘सत्यमेव जयते’ सँग १५ अगष्टबाट दर्शकमाझ हलमा लाग्दैछ ।

Leave a Reply

%d bloggers like this: