Thu. Apr 18th, 2024

काठमाडाैं ।
फिल्म ‘रोमियो एण्ड मुना’ को अर्को नयाँ गीत ‘साँझ पर्यो’ रिलीज भएको छ । उक्त गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको फिचरिंग रहेको छ ।
यो गीतको संगीत काली प्रसाद बास्कोटाले भरेका छन् । संगीतकार बास्कोटा र एकतारेको शब्दरचना रहेको गीतमा गौरव दगान्कारले आवाज दिएका छन् । नरेश कुमार केसीको निर्देशनमा रहेको फिल्मलाई भि मोसन पिक्चर्स, पिएमजी र केएस प्रोडक्सनले संयुक्त रुपमा प्रस्तुत गर्दैछन् । फिल्ममा विनय श्रेष्ठ, प्रसन्न गोपाली, राम शर्मा र कविन शाक्यको संयुक्त रुपमा लगानी गरेका छन् । बिहिबार गीतसँगै बैङकर अनिल शाह र चलचित्र युनिटले चलचित्रको पोस्टर पनि रिलिज गरेको हो ।
‘रोमिया एण्ड मुना’ मा विनयसँगै सृष्ट्रि श्रेष्ठ, सुस्मा कार्की, प्रज्जवल सुजल गिरी सुरक्षा पन्तको अभिनय छ । फिल्मलाई साउन ११ गतेबाट प्रदर्शनको मिति तोकिएको हो ।

Leave a Reply

%d bloggers like this: