Fri. Apr 19th, 2024

काठमाडाैं ।
गत शुक्रबाट प्रदर्शनमा आएको चलचित्र तिमी हुन्छौ जहाँ जहाँ’ले घरेलु बक्सअफिसमा राम्रो सुरुवात गरेको निर्माण पक्षले बताएको छ । शुक्रवार ४०-५० प्रतिशत अकुपेन्सी कायम गरेको चलचित्रको शनिवार देशभर ७०-७५ प्रतिशत अकुपेन्सी रहेको निर्माता डालचन्द्र दवाडीले जानकारी दिए । शनिवार चलचित्रका नायक मनिष सुन्दर श्रेष्ठ र नायिका तमन्न केसी काठमाडौँमा विभिन्न हलमा दर्शकको प्रतिक्रिया बुझ्न पुगेका थिए ।मल्टिप्लेसमा निकै कम हल पाएको चलचित्रलाई दर्शकले  हेरिसके पश्चात् राम्रो प्रतिक्रिया दिएको निर्माण पक्षले बताएको छ ।
निर्माता दवाडीका अनुसार चलचित्रमा उठाइएको विषयवस्तुका  कारण दर्शकले सकारात्मक प्रतिक्रिया दिएको बताए । दर्शकबाट पाएको प्रतिक्रियाले आगामी दिनमा शोज् थपिनेमा उनी आशावादी देखिन्थे । चलचित्रलाइई विकास बस्यालले निर्देशन गरेका हुन् ।
चलचित्रका मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता हुन् भने प्रकाश बास्कोटा कार्यकारी निर्माता र विना कार्की सह निर्मात्री हुन् । चलचित्रमा मलिना जोशी, विश्व बस्नेत, गीता अधिकारीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: