Thu. Mar 28th, 2024

काठमाडाैं ।
नेपाली  कमेडी फिल्म पिरिम पर्‍या छन्को प्रदर्शन मिति तय भएको छ । निर्देशक पुरन थापाले शुक्रवार फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै साउन २५ देखि प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।
निर्देशक पुरनकै लेखन रहेको फिल्ममा दिलीप रायमाझी, जयकिसन बस्नेत, सुवास मेचे,रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला,चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् । फिल्मको पोस्टरमा प्रमुख कलाकारलाई अटाइएको छ ।
माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको पिरिम पर्‍या छन् बिमल ढकालले खिचेका हुन् । निर्देशक पुरनको नयाँ फिल्म फेरि फेरि निर्माणको अन्तिम चरणमा पुगेको छ । अर्पण थापा र ऋचा शर्मा प्रमुख भूमिकामा रहेको सो फिल्मभन्दा अघिनै पुरनले पिरिम पर्‍या छन् दर्शकमाझ ल्याउन लागेका हुन् । गाउँले परिवेशको सामाजिक हास्य फिल्मका रूपमा बताइएको पिरिम पर्‍या छन्का गीतमा विकास चौधरी र विनोद भुजेलको सङ्गीत र बाबु बलामीको द्धन्द्ध छ । फिल्मलाई सुनिल मानन्धर र रोहित–रत्नले वितरण गर्दै छन् ।
https://www.youtube.com/watch?v=xDAlHwn4MaY

Leave a Reply

%d bloggers like this: