Thu. Apr 18th, 2024

काठमाडाैं ।
नेपालमा ५१ औं दिनसम्म सफलतापूर्वक प्रर्दशन हुन सफल नेपाली चलचित्र ‘लिली बिली ’ बेलायतमा प्रर्दशन हुने भएको छ । आगामी २२ जुलाई २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा प्रर्दशन हुन लागेको सो चलचित्रलाई संयुक्त अधिराज्य बेलायतका क्रियाशिल सपन इन्टरटेंनमेन्टको व्यवस्थापन प्रर्दशन हुन लागिएको हो । संयुक्त अधिराज्य बेलायतको स्कटलैण्डमा छायांकन गरिएको सो चलचित्रमा युके डान्स अफ बिजेता जसिता गुरुङ, प्रियंका कार्की र प्रदीप खड्काको बिशेष भूमिका रहेको छ । गोविन्द शाही र सुदीप खड्काको निर्माणमा बनेको सो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका छन् । बेलायतमा दर्शकहरुबीच ड्रिम्स र क्री जस्ता सफल चलचित्रहरु प्रर्दशन गरिसकेको इन्टरटेंनमेन्टले बेलायतका विभिन्न स्थानमा समेत क्रमशः प्रर्दशन गर्दै लैजाने इन्टरटेंनमेन्टका सपन राईले जानकारी दिए ।

Leave a Reply

%d bloggers like this: