Fri. Apr 19th, 2024

काठमाडाैं ।
 असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको उमेश थापा र कविता गुरुङको रियल लभस्टोरीमा निर्मित फिल्म ‘बोबी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यस फिल्ममा रियल जोडीकै अभिनय छ ।
ट्रेलरमा उमेश र कविताबीचको प्रेम, रोमान्स, विछोड देखाइएको छ । यी दुईको प्रेम जीवनमा आउने उचारचढावको कथा ‘बोबी’ ले बोल्छ । यसका निर्देशक तथा निर्माता मिलन चाम्स हुन् ।
उमेश र कविताका अलावा फिल्ममा विजय लामा, रुबी राणा शाह, देशभक्त खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारको अभिनय छ ।
नर्वेमा बसेर इन्जिनियरिङ पेशामा आवद्ध उमेश र होस्टेल म्यानेजरको रुपमा काम गर्दै आएकी कविताको प्रेमकथालाई संचारकर्मी नरेश भट्टराइले लेखेका हुन् । ‘बोबी’ को पहिलो प्रिमियर नर्वेको सुन्दर नगरी ओस्लोको भीका भिक्टोरिया हलमा सम्पन्न भइसकेको छ ।
चाम्स इन्टरटेन्मेन्ट र लण्डन आइ इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको ‘बोबी’ मा ताराप्रकाश लिम्बुको संगीत, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जीसीको सम्पादन छ ।

Leave a Reply

%d bloggers like this: