Thu. Mar 28th, 2024

जाडो, गर्मी, बादल, वर्षा सबै प्रकृतिको नियम नै हो । अहिले गर्मीको मौसम छ, र केही महिनापछि जाडो आउँछ ।
गर्मी बढि भयो भने के गर्ने ? जिउलाई चिसो र शितल बनाउने खालका उपायहरु अपनाउनुपर्ला । तर भारतमा एकजना मानिसले चाहीँ धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध पुलिसमा हालेका छन् ।
मध्यप्रदेशको शाजापुरका शिवपाल सिंहले स्थानीय पुलिस चौकीमा सूर्य भगवान विरुद्ध उजुरी दर्ता गराएका हुन् ।
आफु पछिल्लो ६ हप्तादेखि उधुम गर्मीबाट पीडित भैरहेको भन्दै उनले आकाशबाट वषिर्रहेको आगोले आफुलाई निकै समस्या भएको उनले उजुरीमा उल्लेख गरेका छन् ।
अत्यधिक गर्मीको यो समस्याका लागि ब्रम्हाण्ड निवासी श्रीमान सूर्यनारायण जिम्मेवार रहेको भन्दै उनले भारतीय संविधान तथा अन्य कानून बमोजिम सूर्यलाई सख्त कारवाही हुनुपर्ने माग पनि गरेका छन् ।
अनलाइनखबर

Leave a Reply

%d bloggers like this: