Fri. Mar 29th, 2024

काठमाडाैं ।
गायक लक्ष्मण श्रीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।यो गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’मा समावेश छ । बाग्लुङका सफल व्यवसायी समेत रहेका श्रीको आवाजमा समावेश यो गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको सङ्गीत छ । गीतकार मिलन नेपाल प्रहरीका पूर्व उपरीक्षक समेत हुन् ।
भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय छ । यसअघि श्रीका भिडियोमा नायिकाहरू करिश्मा मानन्धर, केकी अधिकारीले सम्म काम गरिसकेका छन् । श्री आफूले गुणस्तरियतामा ध्यान दिने बताउँछन् ।
श्रीले चलचित्र निर्माण गर्ने समेत तयारी गरेको बताएका छन् । यो भिडियोमा अर्जुन तिवारीको छायाङ्कन, विकाश दाहालको सम्पादन छ । भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन् ।

Leave a Reply

%d bloggers like this: