Thu. Mar 28th, 2024

काठमाडाैं । 
अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल स्टारर फिल्म ‘वीराङ्गना’ को पाेस्टर सार्वजनिक भएका छन् । काठमाडाैंमा एक कार्यक्रमका माझ  चार पोस्टर सार्वजनिक गरिएकाे हाे  । असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको पोष्टरमा अनुप र शिल्पासँगै अभिनेता पृथ्वी राज प्रसाईँ फिचर छन् ।
पोस्टरमा शिल्पालाई एक्सन लुक्समा देख्न सकिन्छ । एक्सन जनराको नारी प्रधान भनिएको यस फिल्ममा राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेकाे  छ ।
उक्त फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह-निर्मातामा सुमि चाम्लिङ​ राई र​हेका छ​न् ।
र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको ‘वीराङ्गना’ मा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको पनि अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: