कृष्ण समीपको गीतमा यसरी नाचे नायक दिलिप रायमाझी (भिडियोसहित)

मनोरंजनसंसार डटकम | २१ जेष्ठ २०७५, सोमबार ०८:५६

कुनै समय लोकदोहोरी गीतबाट चर्चाको शिखरमा पुगेका गायक कृष्ण समीप सुवेदी यसपटक फरक धारको गीतबाट आफूलाई आम दर्शक स्रोतमाझ प्रस्तुत गरेका छन् ।

त्यतिमात्र होइन उनले नेपाली चलचित्रका चर्चित नायक दिलिप रायमाझीलाई आफ्नो गीतमा प्रस्तुत गरका छन्, जसका कारण गीतको संगीत र स्वरसँगै भिडियोग्राफीको चर्चा अहिले सामाजिक संजालमा मज्जैले चलेको छ ।

आफ्ना हरेक सृजनामा फरक शैली अपनाउन रुचाउने सुवेदीले दिलिप रायमाझीसँगको भिडियो सहकार्यमा नयाँ गीत ‘तरकारी काउली’ बजारमा ल्याएसँगै एकाएक चर्चा चुलिएको छ ।

शब्द, संगित स्वर सुवेदीकै रहेको सो गीतमा साबिता बस्नेतले स्वारमा साथ दिएकी छन् । साथै भिडियोमा नायक दिलिप रायमाझीसँगै गायिका तथा मोडल साबित्रा बस्नेतले अभिनय गरेका छन् ।

रन्जित कुमार छेत्रीको निर्देशन, टेकेन्द्र साहको सम्पादन र अजय रेग्मीले क्यामरा चलाएका छन् । राधिका इन्टेरटेन्मेन्टको प्रस्तुतिमा रहेको तरकारी काउलीलाई हाईलाइट नेपालले आफ्नो युट्युब च्यानलमा राखेको छ । भिडियोः

Facebook Comments
Copyright © 2017 manoranjansansar Media Group Pvt. Ltd. Powered by: thakuricreation