Wed. Apr 24th, 2024

काठमाडाैं । 
गत शुक्रवार देखि बलिउड अभिनेत्री आलिया भट्ट अभिनित ‘राजी’ रिलिज भएको छ । राजीमा आलियाको कामले निकै तारिफ पाइरहेको छ भने बक्स अफिसमा पनि यो चलचित्रले राम्रो कमाई गरिरहेको छ ।
चलचित्रले सुरुवाती दिनमा ७.५३ करोडको कमाई गरेको थियो भने दोस्रो दिन शनिवार ११.३० करोड भारु कमाई गरेको छ । चलचित्रले दुई दिनमा कुल १८.८३ करोड भारु कमाई गरेको छ ।
माउथ पब्लिसिटीको कारण चलचित्रले आइतबार अझ राम्रो कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेको छ  । चलचित्रलाई मेघना गुलजारले निर्देशन गरेकी हुन् । १९७१ मा भएको भारत र पाकिस्तान पृष्ठ भूमिका आधारित रहेर बनाइएको चलचित्रमा आलिया जासुसको भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनको साथमा विक्ी कौशलको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

%d bloggers like this: