Tue. Apr 16th, 2024
काठमाडाैं । 
हलिउडको सुपरहिरो फिल्म ‘एभेन्जर्स : इन्फीनिटी वार’ ले विश्वभर आक्रामक कलेक्सन गरिरहेको छ । यो फिल्मले भारतमा हरेक दिन रेकर्ड बनाउँदै गएको छ । भारतमा यो हलिउडको सबैभन्दा बढी कमाई गर्ने फिल्म बनिसकेको छ ।
यसअघि सबैभन्दा बढी कमाईको रेकर्ड ‘द जंगल बुक’ को नाम थियो तर अब ‘एभेन्जर्स’ ले तोडेको छ । ‘द जंगल बुक’ को भारतमा लाइफ टाइम कमाई १८८ करोड थियो र ‘एभेन्जर्स’ ले मात्र १३ दिनमा दुई सय करोड कलेक्सन गरेको छ ।
फिल्म ट्रेड एनालिस्ट तरण आदर्शले कमाईको आँकडा सार्वजनिक गर्दै ट्विटरमा लेखेका छन्, ‘यो ऐतिहासिक हो ।’ यो फिल्मले भारतमा प्रदर्शनको १३ औँ दिनमा कूल २ सय ३९ करोडको कलेक्सन गरेको छ ।
‘एभेन्जर्स’ भारतमा २ हजार स्कृनमा रिलिज भएको छ । जसमध्ये १ हजार ‘स्कृन’ मा अंग्रेजी र बाँकी ‘स्कृन’ मा हिन्दी भर्सनमा रिलिज गरिएको छ ।
गएको हप्ता बलिउडका दुई फिल्म प्रदर्शनमा आएका थिए । पहिलो फिल्म अमिताभ बच्चन र ऋषि कपूरको ‘१०२ नट आउट’ र अर्को फिल्म हो राजकुमार रावको ‘ओमेर्ता’ । ‘एभेन्जर्स’ का कारण यी दुवै फिल्म बक्सअफिसमा पत्तासाफ भएका छन् ।
एन्थोनी र जोइ रुसो निर्देशित ‘एभेन्जर्स : इन्फीनिटी वार’ मा रोबर्ट डाउनी जुनियर, क्रिस इभान्स, क्रिस प्राट, क्रिस हेम्सवर्थ, बेनेडिक्ट कम्बरबेच, स्कार्लेट जोन्सन र मार्क रुफालोको अभिनय छ ।

Leave a Reply

%d bloggers like this: