Fri. Apr 19th, 2024

काठमाडाैं  । ३ बैशाख –  यो संसारमा मानिसहरुको बाँँच्ने तौर तरिका भिन्न भिन्न  हुन्छन् । त्यस्तै आज हामी बलिउडका केहि कलाकारहरुको बानिबारे जानकारी दिन्छौँ । जुन कुरा अच्चम्मका रहेका छन् ।
 
बलिउडका अभिनेत्री सुस्मिता सेन खुुला आकाशमुनि नुहाउन मन पराउँछिन् । उनले आफ्नो घरको छतमा बाथटब बनाएकी छन् । उनी त्यहीँ नुहाउँछिन् । उनलाई सर्पप्रति पनि विशेष प्रेम छ । केही समयअघि सुस्मिताले पाइथन नामक सर्प पालेकी थिइन् ।
अभिनेता जितेन्द्र ट्वाइलेटमा बसेर फलफूल खाने गर्छन् । यो उनको सानैदेखिको बानी हो । उनले अहिलेसम्म सुधार्न सकेका छैनन् । उनको ट्वाइलेटमा दिनहुुँ ताजा फलफूल राखिएको हुन्छ।
अभिनेत्री सन्नी लियोन हरेक १५ मिनेटमा गोडा धुुने गर्छिन् । उनी सुुटिङका क्रममा पनि गोडा धोइरहन्छिन् । उनले बच्चैदेखि आफूले पटक–पटक गोडा धुने गरेको बताएकी छन् ।
बलिउडका बादशाह शाहरुख खानलाई फुटवेयरको एलर्जी छ । त्यसैले उनी हत्तपत्त जुत्ता फुकाल्न चाहँदैनन् । कहिलेकाहीँ त उनी जुत्ता लगाएरै सुत्ने गर्छन् । अभिनेत्री करिना कपुरको नङ टोक्ने बानी छ । उनलाई बच्चैदेखि यो बानी परेको हो । जति कोसिस गरे पनि अहिलेसम्म उनी यो बानीबाट मुक्त हुुन सकेकी छैनन् ।
हलिउड सुुपरस्टार ब्राड पिट नुहाउन निकै अल्छी गर्छन् । उनी हप्तामा मुस्किलले एकपटक नुुहाउँछन् । अर्का हलिउड स्टार जोनी डिप हत्तपत्त कपडा फेर्न मन पराउँदैनन् । त्यसकारण उनी कहिलेकाहीँ त हप्तौंसम्म एउटै कपडामा देखिन्छन् ।
 
साभार : एजेन्सी

Leave a Reply

%d bloggers like this: