Tue. Apr 23rd, 2024

चैत्र ३० गतेबाट प्रदर्शनमा अाएकाे नेपाली चलचित्र लिलि बिलीले २ दिनमा रू २ करोड १८ लाख ८३ हजार ९ सय ५६ संकलन गरेकाे निमार्ता गाेविन्द शाहीले बताएका छन्  । प्रदर्शनकै  दिनमा रू ८३ लाखकाे व्यापार गरेकाे यस चलचित्रले दुर्इ दिनमा २ कराेड १८ लाखकाे भव्य व्यापार गर्न सफल भएकाे हाे ।
 
काठमाडौं उपत्यकासहित देशभरका सबै चलचित्र हलमा एकैसाथ प्रदर्शनमा आएको लिलिबिलीले उत्साहपूर्ण कलेक्शन गरिरहेको निर्माता गोविन्द शाहीले जानकारी दिए ।
 
प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, सबिन श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको मिलन चाम्सले निर्देशन गरेका हुन् । यसअघि प्रचारप्रसारका क्रममा निकै उत्साह बटुलेको सो चलचित्रले हलमा पनि दर्शकको उत्तिकै माया प्राप्त गरेको निर्माता शाहीले बताए ।
 
काठमाडाैंमा चलचित्र प्रदर्शन भइरहेका हलहरूमा नायक प्रदीप र नायिका जसिता गएपछि दर्शकाे उत्साह  निकै बढेकाे छ ।

Leave a Reply

%d bloggers like this: