Wed. Apr 24th, 2024
‘भ्यालेन्टाइन डे’  लक्षित गर्दै  चलचित्र ‘लिलिबिली’ को शीर्ष गीत रिलिज भएको छ ।‘भ्यालेन्टाइन डे’ को अवसर पारेर यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ को शीर्ष गीत सार्वजनिक भएको हो । ‘घुम्न जाउँ इन्जिन गाडीमा’ बोलको गीतमा युवा स्टार प्रदीप खड्का रिसाएकी प्रेमिका तथा नव-नायिका जसिता गुरुङलाई फकाइरहेको देख्न सकिन्छ ।
प्रेम गर्नेहरुका लागि यो गीत विशेष रहने निर्माण यूनिटको भनाई छ । एस.डी. योगीको स्वर र संगीत रहेको गीतको शब्द एकतारेले लेखेका हुन् । गीतमा स्कटल्याण्डको सौन्दर्य कैद गरिएको छ । यी दृश्यहरु सुदिप बरालले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रदीप र जसिताको रोचक केमेष्ट्री देखिएको छ ।
 यस्तै, निर्माण टिमले फिल्मको शीर्ष गीतको डान्स कम्पिटिसन पनि घोषणा गरेको छ । जुनसुकै वर्गका व्यक्तिले उक्त गीतमा नृत्य गरेको भिडियो आफ्नै युट्युब च्यानलमार्फत अपलोड गर्न सक्ने निर्माता गोविन्द शाहीले जानकारी दिए । युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई १ लाख नगद पुरस्कार प्रदान गरिनेछ ।
चैत ३० गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेस चाम्स लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रलाइ मिलन चाम्सले निर्देशन गरेका हुन् l यो चलचित्रको स्कटल्याण्डसँगै नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको छ ।
 https://www.youtube.com/watch?v=_WoCV4c6XOE

Leave a Reply

%d bloggers like this: