Thu. Apr 25th, 2024
शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच नायक विपिन कार्की स्टारर फिल्म ‘नाका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यसअघि रिलिज भएको टीजरका कारण पनि फिल्मको ट्रेलर धेरैका लागि प्रतिक्षामा थियो । सार्वजनिक गरिएको ट्रेलरमा नेपाल र चीन जोड्ने तातोपानी नाकामा हुने अवैध व्यापार र गुण्डागर्दीको कथा बोल्ने यो फिल्ममा विपिनसँगै रविन तामाङ, थिन्ले लामो, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कमत, अभिषेक सुवेदी, केशव राई लगायतका कलाकारहरुको अभिनय छ ।
 अमित श्रेष्ठको लेखन र निर्देशन रहेको फिल्ममा अभिषेक सुवेदीको पटकथा छ । फिल्मलाई प्रविन टक्की कार्कीले निर्माण गरेका छन् । शिशिर गुरुङ र निर्देशक श्रेष्ठ फिल्मको कार्यकारी निर्मातामा रहेका छन् ।  ‘नाका’ फागुन १७ गते राजधानी बाहिर र फागुन १८ गते राजधानी भित्र प्रदर्शनमा आउन लागेको छ।

Leave a Reply

%d bloggers like this: