Thu. Apr 25th, 2024

चलचित्र लिलीबिलीको चौतर्फी चर्चा चलिरहेकै बेला काठमान्डूको भृकुटी मण्डपमा संचालन भैरहेको क्यान इन्फो टेक २०१८ मेलामा चलचित्रले आफ्नो प्रोमोशन प्रस्तुत गरेको छ l मेलामा उपस्थित हजारौ दर्शकले सोहि फिल्मका नायक प्रदिप खड्का संग सेल्फी र अटोग्राफ लिएका थिए l चलचित्र निर्माण टीमले उक्त मेलामा फिल्मको बर्सर पनि वितरण गरेको छ l अधिकांश दर्शकको भनाइ फिल्मको प्रदर्शन मितिमा केन्द्रित थियो l दर्शकले लिलिबिलिको बेजोड प्रतीक्षामा रहेको बताउदै युट्युबमा सार्बजनिक गित “इज इट लभ ” ले फिल्मको स्तर प्रस्ट झल्किएको र फिल्म राम्रो ब्यानर बाट निर्माण भएकोले अबश्य पनि हेर्ने पर्ने फिल्म रहेको बताए l
गोबिन्द शाही, सुदिप खड्का र मिलन चाम्सले निर्माण गरेको यो चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन ।युरोपका विभिन्न शहर र नेपाल मा छायांकान गरिएको फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की लगायत अन्य कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: