Fri. Mar 29th, 2024

नेपाली फिल्म लिलिबिलीको गीत ट्रेन्डिङको पहिलो नम्बरमा आउन सफल भएको छ । युरोपमा खिचिएको सो गीतमा नायक प्रदीप खड्का र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।
रोमान्टिक पप जेनरको ‘इज इट लभ’ गीतमा प्रदाप दाश र मेलिना राईले स्वर दिएका छन् । एलिश कार्कीको संगीत रहेको गीतमा राजेश कुमार श्रेष्ठको शब्द रहेको छ ।
मिलन चाम्सले निर्देशन गरेको लिलिबिलीमा समावेश उक्त गीतले युटुबमा दुई दिनभित्र ६ लाख बढी दर्शकको साथ पाएको छ । आगामी २०७५ सालको वैशाखमा रिलिज हुने तयारीमा रहेको फिल्म लिलिबिलीको सो गीत पहिलो हो ।
फिल्ममा प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्कीलगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: