Fri. Mar 29th, 2024

निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’ काठमाडौं उपत्यका र देशका अन्य फिल्म हलहरुमा फरक फरक मितिमा प्रदर्शनमा आउने भएको छ ।
चलचित्र निर्माण पक्षका अनुसार माघ ४ गते काठमाडौं बाहिर प्रदर्शनमा आउनेछ भने काठमाडौं उपत्यकामा त्यसको एक दिनपछि ५ गते मात्रै प्रदर्शनमा आउने भएको छ ।
यसअघि चलचित्र निर्माता संघले होल्ड ओभर कायम राख्न प्रदर्शनरत फिल्मलाई कम्तिमा एक हप्ता हलमा अबसर दिने निर्णय सहित अघि ल्याएको प्रस्तावलाई स्वीकार गर्दै ‘पिंजडा ब्याक अगेन’ राजधानी आसपासका हलमा शुक्रबार मात्रै रिलिज हुने भएको हो ।
वितरण कम्पनीहरुसँगको सल्लाहमा फिल्मलाई दुई मितिमा रिलिज गर्ने सहमति भएको निर्देशक हिमाल केसीले जानकारी दिएका छन् ।
फिल्ममा निखिल उप्रेती, सारा शिर्पाली, सुन्दर श्रेष्ठ, पुकार भट्टराई लगायताका कलाकारको अभिनय रहेको छ ।
यो फिल्म निखिल उप्रेतीको डेब्यु सिनेमा ‘पिंजडा’को सिक्वेल हो ।
‘पिंजडा’लाई देशभक्त खनालले निर्देशन गरेका थिए भने ‘पिंजडा’मा द्वन्द निर्देशकको रुपमा काम गरेका हिमाल केसी ‘पिंजडा ब्याक अगेन’मा निर्देशक बनेका छन् ।

Leave a Reply

%d bloggers like this: