Thu. Mar 28th, 2024

आगामी चैत्र ९ गतेबाट रिलिज हुने तयारीमा रहेको नेपाली फिल्म ‘शत्रुगते’ को ओभरसिज र डिजिटल राइट्स महँगो रकममा बिक्रि भएको छ ।
ओएसआर डिजिटलले चलचित्रको राईट्स १ करोड ११ लाखमा खरिद गरेको हो ।
यो संगै सर्वाधिक महंगोमा बिक्रि हुने चलचित्रमा ‘शत्रु गते’ परेको छ । यसअघि ‘छक्का पन्जा २’ चलचित्रलाई हाइलाइट्स नेपालले ९५ लाखमा खरिद गरेको थियो । किरण केसीले निर्माण गरेको चलचित्र सत्रु गते मह संचारको प्रस्तुती हो ।
प्रदिप भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरि, दिपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: