Thu. Apr 18th, 2024

अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै फिल्म ‘कृ’ ले क्लब गीत सार्वजनिक गरेको छ । ‘यति यति पानी’ बोलको गीतमा नायक अनमोल केसी क्लबमा दर्जनौ यूवतीहरुसँग मस्ती मुडमा देखिएका छन् । दर्शकले अनमोलको यस्तो नृत्य शैली यसअगाडिका फिल्ममा देखेका थिएनन् । यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत छ । रेनशा वान्तवा राइले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । सुरेन्द्र पौडेल निर्देशित फिल्ममा अनमोल केसी, अदिती बुढाथोकी, अनुपबिक्रम शाहि लिड रोलमा छन् ।फिल्म माघ 26 बाट देशभर एक्कै साथ् प्रदर्शनमा आउन लागेको छ  ।

Leave a Reply

%d bloggers like this: