Fri. Mar 29th, 2024

प्रतिक्षित फिल्म ‘लाउरे’को प्रदर्शन मिति पक्का भएको छ । फिल्म बैशाख २८ गते बाट देश भर एक्कैसाथ प्रदर्शनमा हुने भएको छ । पप गायकको रुपमा ख्याति बटुलेका नरेन लिम्बु रोमान्टिक ड्रामामार्फत अभिनेताको रुपमा डेब्यु गर्दैछन् । सृष्टि श्रेष्ठ, नरेन लिम्बु र मिरुना मगर स्टारर फिल्म ‘लाउरे’लाई विक्रमसिंह थारुले निर्देशन गरेका हुन् ।शुरुमा निगम श्रेष्ठ द्वारा निर्देशन गरिएको फिल्म लाउरे बिचमा निगमको अनुपस्तिथिका कारण यो फिल्मको बाँकी निर्देशकीय कार्यभार विक्रमसिंह थारुले सम्हालेका थिए l फिल्म निर्माण दुर्गिश फिल्म्सले गरेको हो l दुर्गिस फिल्म्सका सी इ ओ सुनिल रावलसँगै इश्वर श्रेष्ठ, सुवास लामिछाने र भेषमणी श्रेष्ठको सयुक्त लगानी रहेको छ l
आलोक शुक्लाको छायांकन रहेको फिल्मको पटकथा नेगेटिभ बुद्धले लेखेका हुन् । ‘सायद’, ‘होस्टेल’, ‘होस्टेल रिटर्न्स’ र ‘सायद २’ पछि ‘लाउरे’ दुर्गिश फिल्मसको पाँचौं प्रोजेक्ट हो । काठमान्डू ,धरान र सिक्किममा छायांकन गरिएको उक्त फिल्म समाजमा लाउरेको बिषयमा अहिलेको युवा पुस्तालाइ लक्षित गरि निर्माण गरिएको छ l फिल्म ‘लाउरे’ मा सृष्टि श्रेष्ठ, नरेन लिम्बु , मिरुना मगर , कृषा शाही का साथै अन्य कलाकारहरुको अभिनय रहेको छ l

Leave a Reply

%d bloggers like this: