Thu. Mar 28th, 2024
नायक निखिल उप्रेती र नायिका सारा सिर्पाली स्टारर फिल्म ‘पिंजडा व्याक अगेन’को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच एक्सन र रोमान्सयूक्त फिल्मको ट्रेलर निर्माण पक्षले सार्वजनिक गर्‍यो । ट्रेलरमा निखिल उप्रेतीको एक्सन तथा निखिल, सारा र बाल कलाकार कुशाग्रहको को सेन्टीमेन्ट प्रश्तुत देखीन्छ।
एक्सन स्टारको उपमा पाएका अभिनेता निखिल उप्रेतीको डेब्यू फिल्म हो ‘पिंजडा’ । यसको नेम सिक्वेललाई द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायिका साराले ‘पिंजडा व्याक अगेन’बाट आफ्नो करिअरमाथी उठ्नेमा विश्वस्त रहेको बताइन् । निखिल भने उपत्यका बाहिर भएका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् ।
निखिल उप्रेतिको डेव्यु फिल्मका रुपमा रहेको पिंजडा पछीको पिंजडा व्याक अगेनमा निखिलको खारिएको एक्सन र द्धन्दप्रधान प्रश्तुत छ। यस पिंजडा ब्याक अगेन ट्रेलर सार्बजनिक कार्यक्रममा सहभागी विभिन्न व्यक्तीत्व हरुले शुभकामनाका साथ ट्रेलरका लागि बधाई समेत दिएका थिए ।
 हिमाल केसीले निर्देशन गरेको फिल्म ‘पिंजडा ब्याक अगेन’ लाई मौनता श्रेष्ठले लेखेका छन्। फिल्ममा रोहित पुरी, गोविन्द गैरे, चन्द्रबहादुर क्षेत्रीको लगानी छ। फिल्ममा निखिल र सारासँगै सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ र कुशाग्रह भट्टराईको मुख्य भूमिका छ भने चलचित्र यहीँ माघ ४ गते बाट प्रदर्शन आउदै छ।
https://www.youtube.com/watch?v=XumvNdFBy38

Leave a Reply

%d bloggers like this: