Wed. Apr 24th, 2024

निर्देशक रामबाबु गुरुङ निर्देशित नयाँ फिल्म ‘मिस्टर झोले’ ले कभर भिडियो डान्स/ड्रामा प्रतियोगिता प्रारम्भ गरेको छ l फिल्मको “ओखति “गीतको कभर भिडियो डान्स/ड्रामा प्रतियोगिता गर्न लागेको हो l भिडियो दर्ता शुरु गरिसकेको उक्त प्रतियोगिताको लागि भिडियो दर्ता गर्ने अन्तिम मिति ५ जनवरी २०१८ सम्म रहेको छ l प्रतियोगिता मा प्रथम हुनेलाई १ लाख ५५ हजार द्वितीय हुनेलाई १ लाख २५ हजार र तृतीय हुनेलाई १ लाख ५ हजार नगद पुरस्कार राशि राखिएको छ l
२०७० सालमा निर्माण भएको निर्देशक दीपेन्द्र के. खनाल निर्देशित तथा टेकेन खड्काको निर्माणमा बनेको फिल्म ‘झोले’ टाईटल ब्रान्डलाई प्रयोग गरि टेकेन खड्का प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा ‘मिस्टर झोले’ निर्माण गरेको हो । रौनक बिक्रम कँडेल कार्यकारी निर्माता रहेको यो फिल्मलाई शैलेन्द्र डी. कार्कीले छायांकन गरेका हुन् । फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ, पुष्कर गुरुङ, अरुणा कार्की, कमलमणी नेपाल, लक्ष्मी वर्देवा, सरोज अर्याल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

Leave a Reply

%d bloggers like this: