Thu. Mar 28th, 2024

तात्कालिन माओवादी युद्धकालमा घटेका घटनालाई मुख्य आधार बनाउँदै निर्माण भएको फिल्म ‘तान्द्रो’ले सेन्सर बोर्डबाट पी जी सर्टिफिकेट प्राप्त गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय फिल्म महोत्सबमा सहभागीता जनाइसकेको नेपाली फिल्म ‘तान्द्रो’मा नायक दयाहाङ राईको मुख्य भूमिका छ । कात्तिक २४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘तान्द्रो’का कार्यकारी निर्माता रामबाबु गुरुङ हुन् । पुरुषोत्तम प्रधानको छायांकन, कुमार महर्जनको द्वन्द्व, आधा सुरको संगीत, उपेन्द्र सुब्बाको कथा, रामबाबु गुरुङको संवाद रहेको फिल्मका निर्माता शतिस कुमार गौतम हुन् ।
वि.सं २०६० साल चैत २८ गते लमजुङको छैलुङ गाउँमा तात्कालिन माआवादीको साँस्कृतिक टोलीलाई राज्य पक्षबाट खटिएका सुरक्षा फौजले आक्रमण गरेको थियो । उक्त टोलीलाई नेतृत्व गरिरहेका गंगाबहादुर लामा उर्फ कोशिशलाई सुरक्षा फौजले घुँडामा गोली हानेपछि उनले पाँच दिनसम्म पाएको पीडालाई ‘तान्द्रो’ मा मुख्य रुपमा उतार्न खोजिएको छ । कोशिशको भूमिकामा दयाहाङ प्रस्तुत भएका छन् ।
फिल्ममा दयाहाङका अलावा रामबाबु गुरुङ, सरस्वती चौधरी, राजन खतिवडा, अरुणा कार्की, कमलमणी नेपाल, मणीराम पोखरेल लगायतका कलाकारहरुको अभिनय छ । फिल्मलाई निश्चल बस्नेतको ब्ल्याक हर्स पिक्चर र रामबाबु गुरुङको सिनेमा आर्टले संयूक्त रुपमा निर्माण गरेको छ ।

Leave a Reply

%d bloggers like this: