Thu. Mar 28th, 2024

बेलायतमै छायांकान भएको हाइ बजेट फिल्म हयाप्पी डेजको ग्रयाण्ड रेड कार्पेट प्रिमियर शो आगामी १२ नोभेम्बरमा अल्डरसटमा हुने भएको छ ।प्रिन्सेस हल, अल्डरसटमा दिउसो २ बजे फिल्मका मुख्य कलाकारहरुको प्रत्यक्ष सहभागितामा रेड कार्पेट प्रिमियर शो हुन लागेको प्रस्तोता वी पी खनालले शुक्रबार लन्डनमा एक पत्रकार सम्मेलनमा जानकारी दिए । उनले माघ १२ देखि नेपाल भर प्रदर्शन हुने जानकारी पनि दिएका छन् ।
बेलायतका नेपाली व्यवसायीहरुले निर्माण गरेको उक्त चलचित्रका प्रस्तोता वी पी खनाल र निर्माताहरुमा वीपी खनाल, हिरल जोशी, भवानी शर्मा, मिलन चाम्स र डा. अशोक बन्साल छन् । पत्रकार सम्मेलनमा खनालले नेपालबाट आएका कलाकार र प्राविधिकहरु ४६ दिनसम्म बेलायतमै बसेर छायांकन गरिएकाले पनि यसको लगानी करिब २ करोड ५० लाख रुपैयां पुगेको जनाए ।
फिल्मबाट व्यापारिक लाभ मात्र उद्देश्य नराखी नेपाली चलचित्रको प्रवर्धन र यसलाई अन्तर्राष्ट्रिय स्तरमा पुरयाउन फिल्म निर्माणको जोखिम लिएको उनले बताए । फिल्मको करिब ९५ प्रतिशत छायांकन बेलायतमै भएको छ ।
स्कटल्याण्ड, वेल्स् र इंग्ल्याण्डका रमणीय दृश्यहरु फिल्ममा समेटिएको छ, खनालले फिल्मबारे जानकारी दिंदै अगाडि भने, अहिले सर्वाधिक चर्चाको शिखरमा रहनुभएका निर्देशक मिलन चाम्सको निर्देशन, बेलायतका रमणीय दृश्य अनि लभ स्टोरीले पनि हयाप्पी डेज दर्शकको रोजाइमा पर्ने हामीहरुको विश्वास छ ।
पत्रकार सम्मेलनमा कलाकार विक्की जोशी, ध्रुव दत्त, रितेश चाम्स, नरेश शर्मा लगायतले आ आफ्नो अनुभव सांटेका थिए ।
चाम्स् इन्टरटेन्मेन्ट र लन्डन सिने आइको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, दिया पुन, विक्की जोशी, मोनिका गुरुङ, रुपा पुन, रितेश चाम्स लगायत कलाकारहरुको मुख्य अभिनय छ । चलचित्रमा यम थापाको स्क्रीन प्ले, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, नरेश भट्टराई, दिनेश राउत र राजनराज सिवाकोटीको शब्द, तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जिसीको सम्पादन छ । त्यस्तै फिल्ममा रामकुमार केसीको छायांकन, गिरीराज घिमिरेको मुख्य सहायक निर्देशन तथा मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन छ ।

 

Leave a Reply

%d bloggers like this: