Thu. Apr 25th, 2024
वर्षको प्रतिक्षीत फिल्म ‘ऐश्वर्य’ आज बिहीवार सोलो रिलिज भएको छ । यो फिल्मसँग जुध्न अन्य कुनैपनि नेपाली फिल्म प्रदर्शनमा आएका छैनन् । केही सिंगल हलमा ‘रुद्रप्रिया’ र ‘रानी’ पनि प्रदर्शन भैरहेका कारण यो फिल्ममाथि नेपाली दुई र बलिउड दुई फिल्मसँग खरो उत्रनु पर्ने चुनौती छ । शुक्रवारमात्र फिल्म प्रदर्शन गर्नु पर्ने प्रावधान भएपनि आज बिहीवार छठ पर्वको बिदा भएका कारण ‘ऐश्वर्य’ले आफ्नो प्रदर्शन सुरु गरेको हो । काठमाडौंका मल्टिप्लेक्समा फिल्मको अग्रिम बुकिङ राम्रो छ ।
‘तिमी रोएको पल’ बोलको गीतबाटै प्रतिक्षामा रहेको फिल्मको ट्रेलरले झन दर्शकमा उत्सुकता थपेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । फिल्मका लेखक तथा निर्देशक दीवाकर भट्टराई हुन् ।
सुदीप बरालले खिचेको यो फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, केशव भट्टराई, विकास खतिवडा लगायतका कलाकारहरुको अभिनय छ ।

Leave a Reply

%d bloggers like this: