Sat. Apr 20th, 2024

राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा फिल्मको टिम र कलाकार सहित फिल्म ‘अमेरिका बोइज’को घोषणा गरिएको छ ।
यो फिल्मलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् । फिल्मको बारेमा प्रवेशले भने-‘३ यूवाहरुले गर्ने एउटा गल्ती र त्यसले उत्पन्न हुने समस्याको वरिपरी नै यो कथा घुम्नेछ ।’
फिल्ममा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया र श्रृष्टी कार्कीले अभिनय गर्नेछन् । एक करोडको बजेटमा बन्न लागेको फिल्ममा प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माताको रुपमा रहेका छन् । फिल्ममा इन्द्रप्रसाद खरेल र डम्बर चन्दको लगानी रहने पक्का भएको छ ।
फिल्मका मुख्य कलाकार सुनिल थापाले कथावस्तु दमदार भएकाले आफू काम गर्न राजी भएको सुनाएका थिए । यस्तै, अभिनेता अर्पण थापाले मेन्यू धेरै हेरेर अन्तिममा मःम नै रोजेजस्तो कथामा फिल्म बन्ने बताए । फिल्ममा निमेष श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत रहनेछ । तिहारपछि फिल्मको छायांकन शुरु गरिने भएको छ।

Leave a Reply

%d bloggers like this: