Sat. Apr 20th, 2024

पछिल्लो समय चलचित्र “लिलिबिली ” को औपचारिक निर्माण घोषणा कार्यक्रममा बडीगार्डको बिषयलाइ लिएर चर्चामा आएका नायक प्रदिप खड्का अहिले फेरि एकपटक आफ्नो फेसबुक पेजमा लेखेको लामो स्टाटसले गर्दा मिडिया वृतमा निकै देखा परेका छन् l नायक प्रदीप खड्का लाई लिएर छापिएको एउटा न्युज अहिले भाईइरल भएको छ । भाईरल नहोस् पनि कसरी प्रदीपको नाम जोडीएपछी । शान्त स्वभावका प्रदीप खस्सै फेस्बुक मा स्ट्याटस लेख्ने ब्याक्ती भने होइनन तर स्ट्याटस लेख्न वाध्य भए, ताकी उनका सपोर्टर्हरुलाई चोट नपरोस, जसरी गलत प्रचर्प्रसार गर्नखोजिएको छ त्यो सफल नहोस् ।
कुरा आफुसँग मात्र सम्बन्धित भएको भए शायद उनी चुप लागेर बस्थिए होला तर उनिसङ्गै धिरेन शाक्य, रमेश उप्रेती र आर्यन सिग्देल जस्ता चर्चित नायकलाई पनि मुछिएको छ यो कुरा उनलाई चित्त बुझेन र उनले सामाजिक सन्जाल मार्फत आफ्नो मनमा लागेको कुरा पोखे । उनले कसैलाई आक्रोश भने पोखेका होइनन ।
तर प्रदीपका फ्यान हरुले भने सामाजिक सन्जाल मार्फत उक्त न्युज प्रती आक्रोश ब्यक्त गरेका छन । कतिले त “आई एम विथ प्रदीप” भनेर सामाजिक सन्जालमा स्ट्याटस राखी न्युज को बिरोध पनि गरेका छन ।
त्यो न्युज बाट उनी आक्रोसित भएका पनि थिएनन तर आफु लगायत अन्य ३ सम्मानानीय दाजु हरु धिरेन शाक्य, रमेश उप्रेती र आर्यन सिग्देल लाई माया गर्ने दर्शक माझ गलत मेसेज नजाओस भन्ने चाहनाले आफ्ना मनमा लागेका कुरा फेसबुक मार्फत खुलेर लेखे । हुन पनि कती चुप बसुन, यस्ता खिचातानी पहिले पनि नभएको भने पक्कै होइन । तर प्रदीप धेरै समाजदार भएकोले समाजदारिकासाथ / समानकासाथ पत्रकारको प्रश्नको जवाफ दिएका थिए ।
प्रदीप भन्छन ” रमेश दाई र आर्यन दाईको यती धेरै चर्चा भैराखेको छ दुबै जना त्यस्तो राम्रो चलचित्र लिएर अाउदै हुनुहुन्छ, कसरी भन्न मिल्छ उहाहरुलाई पाखा लागेको भनेर ?”
उनले फेसबुक मा निकै नै गहन कुरा गरेका छन, कतिपयले त ति गहन शब्दको भाव पनि बुझ्दैनन होला । ति शब्द बुझ्नको लागि मन र बुद्धी चाहिन्छ तर मेहनत गर्नेलाई सम्मान नगरनेहारुसँग ति दुबै चिज को कमी हुन्छ ।
यस्तो छ प्रदीप खड्काले पोखेको भाव :

साप्ताहिक मा लेखिएको छ :

Leave a Reply

%d bloggers like this: